साफ महिला च्याम्पियनको तयारी पूरा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , असाेज २२ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। 

एन्फाले कार्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन् ।

प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको प्रवक्ता सुरेश शाहले जानकारी दिए । बन्द प्रशिक्षणमा २७ खेलाडी छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको शाले बताए। प्रतियोगिताको अनुमानित बजेट ४ करोड ६० लाख ८०० रुपैयाँ रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्