इङल्याण्डविरुद्धको टेस्टमा पाकिस्तानको राम्रो शुरुवात

खबर बुक
  • ख-
  • ख
  • ख+

 २२ असोज, काठमाडौं ।पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्टमा राम्रो शुरुवात गरेको छ ।

टेस्ट सिरिजको पहिलो खेलको पहिलो दिनमा पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ४ विकेट गुमाएर ३२८ रन बनाएको छ ।

पाकिस्तानका लागि कप्तान शान मसूदले १५१ रन बनाए भने ओपनर अब्दुल्लाह शफिकले १०२ रन बनाए ।

त्यस्तै बाबर आजमले ३० र साउद शकीलले ३५ रन बनाएर खेलिरहेका छन् । त्यस्तै इङल्याण्डका बलर गस एटकिनसनले २ विकेट लिए भने क्रिस वोक्स र ज्याक लीचले एक एक विकेट लिए ।
   

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्