नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को दोस्रो खेलमा पनि पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । घरेलु टोली नेपालको पुरुष टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को दोस्रो खेलमा पनि पराजित भएको छ ।

एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुरू भएको खेलको पुरुषतर्फ बहराइनसँग नेपाल २७–७ ले पराजित भएको हो।

यसअघि उज्वेकिस्तानसँग २४–० को स्कोरमा नेपाल पराजित भएको थियो।

त्यस्तै घरेलु टोली नेपालको महिला टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को पहिलो र दोश्रो खेलमा पराजित भएको छ । खेलको महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो। त्यस्तै अर्को खेलमा पनि नेपाली महिला टोली गुआमसँग १७–५ को स्कोरमा पराजित भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्