सुन मूल्यले बनायो फेरि रेकर्ड, प्रतितोला १ लाख ६१ हजार नाघ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , असाेज १८ ।  शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

गत असोज ११ मा हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज थप महँगिएको हो।  असोज ११ मा प्रतितोला १ लाख ६१ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज १ लाख ६१ हजार ३०० रुपैयाँमा बेचबिखन भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ३०० मा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ९०० मा कारोबार भएको थियो। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ४०० बढेको हो।

शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ९५० मा कारोबार भएको थियो। 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्