उड्डयन प्राधिकरणमा अख्तियारको छापा, भ्रष्टाचार आशंकित कागजात बरामद

खबर बुक
  • ख-
  • ख
  • ख+

१७ असोज, काठमाडौं ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता उजुरीपछि छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को सिनामंगलस्थित कार्यालयमा छापा मारेको छ। 

बुधबार बिहान १० बजेट क्यान कार्यालय पुगेको अख्तियार टोलीले अहिलेसम्म अनियमितता आशंकित कागजात बरामद गर्नुका साथै महत्त्वपूर्ण फाइल नियन्त्रणमा लिएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा संसद्को सार्वजनिक लेखा समिति क्यान महानिर्देशक प्रदीप अधिकारीलगायत पदाधिकारीमाथि छानबिन गरिरहेको छ।

अख्तियार टोलीले पनि सोही विषय वरपर रहेर क्यान कार्यालयमा रहेका कागजात नियन्त्रणमा लिएको बुझिएको छ। अख्तियारले अनियमिततामा आशंकामा क्यान महानिर्देशक अधिकारीमाथि पनि अनुसन्धान गरिरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्