शाह परिवारद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४ करोडको सहयोग प्रतिबद्धता 

खबर बुक
  • ख-
  • ख
  • ख+

१५ असोज, काठमाडौं । विजयकुमार शाह परिवारले डा. भगवान कोइराला अध्यक्ष रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच)को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियू र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि ४ करोड रुपैयाँ सहयोग  प्रतिबद्धता जनाएको छ।

शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार गर्नेछ। यसका माध्यमबाट विशेष स्याहारको आवश्यकता परेका बालबालिकाको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिनेछ। शाह परिवारको महत्त्वपूर्ण सहयोगको सम्मान गर्दै पिएसआइसियू र डे केयर सर्जरी शाखाको तलालाई रुस्लान पिएसआइसियू नामकरण गरिनेछ। 

२०८१ भदौ १३ गते शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआइओसिएचलाई उपलब्ध गराइसकेको छ।। गैरनाफामूलक संस्था जेजीआई नेपाल फाउन्डेसन (जेजिआइएनएफ)ले सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरिरहेको छ।

शाह परिवारको निजी पुँजीबाट उपलब्ध गराइएको र कुल सहयोग प्रतिबद्धतामध्ये बाँकी ३ करोड निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउन्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रुपमा प्रदान गरिनेछ। तीनपटक सम्म नेपालकै शीर्ष करदाता रहेका शाहको परोपकार र सामाजिक उत्तरदायित्व समर्पणको प्रतिविम्ब बनेको छ।  

नयाँ पिएसआइसियू र डे केयर सर्जरी शाखाद्धारा सेवाको खाँचोमा रहेका बालबालिकालाई विशिष्ट सहयोग हुनेछ। शाह विजय डिस्ट्रीलरीका अध्यक्ष हुन् भने उनको कम्पनीले नेपालमा रुस्लान भोड्का उत्पादन गर्दै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्