हवाई इन्धनकोे मूल्य घट्यो, कति घट्ला भाडा?

खबर बुक
  • ख-
  • ख
  • ख+

१५ असोज, काठमाडौं ।काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। विषेश गरेर आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुको भाडा महंगो भएको गुनासो बढिरहेको बेला निगमले हवाई इन्धनको मूल्य घटाएको छ। 

निगमले हवाई इन्धनमा आन्तरिकमा ६ र बाह्यमा प्रतिहजार लिटर ४५ रूपैयाँ मूल्य घटाइएको छ। बाढीपहिरोको कारण सडक पूर्वधार ध्वस्त भैरहेको बेला हवाई भाडा अत्याधिक महंगो भएको गुनासोपछि आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सहरुलाई बोलाएर सहजिकरण गरेको थियो।

योसँगै मंगलबारदेखिनै हवाई भाडा समेत घट्ने निश्चित छ। स्वचालित मूल्य प्रणाली लागू गरिएकोले इन्धनको मूल्य घटेसँगै स्वतः भाडा घट्दै जान्छ। एयरलाइन्स सञ्चालकहरुका अनुसार प्रति गन्तव्य १ हजार रुपैयाँ घट्छ। यदपी, भाडा समायोजन भने प्राधिकरणले नै गर्ने गरेको छ। यस्तै एयरलाइन्स सञ्चालकहरुले हवाई इन्धनमा अधिक नाफाँ लिइरहेकोले सरकारको तर्फबाट मूल्य घटाए भाडा घटाउन तयार रहेको प्रक्रिया दिएका थिए। 

एयरलाइन्स सञ्चालकहरुको गुनासोपछि प्राधिकरणले आयल निगमलाई विपतको बेला धेरै नाफाँ नलिन अनुरोध गरेको थियो। र,सोही अनुसार निगमले सोमबार राती १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो।

यस्तै निगमले पेट्रोलमा प्रतिलिटर १, डिजेल र मट्टितेलमा २ रूपैयाँका दरले मूल्य घटाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ।

काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। विषेश गरेर आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुको भाडा महंगो भएको गुनासो बढिरहेको बेला निगमले हवाई इन्धनको मूल्य घटाएको छ। 

निगमले हवाई इन्धनमा आन्तरिकमा ६ र बाह्यमा प्रतिहजार लिटर ४५ रूपैयाँ मूल्य घटाइएको छ। बाढीपहिरोको कारण सडक पूर्वधार ध्वस्त भैरहेको बेला हवाई भाडा अत्याधिक महंगो भएको गुनासोपछि आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सहरुलाई बोलाएर सहजिकरण गरेको थियो।

योसँगै मंगलबारदेखिनै हवाई भाडा समेत घट्ने निश्चित छ। स्वचालित मूल्य प्रणाली लागू गरिएकोले इन्धनको मूल्य घटेसँगै स्वतः भाडा घट्दै जान्छ। एयरलाइन्स सञ्चालकहरुका अनुसार प्रति गन्तव्य १ हजार रुपैयाँ घट्छ। यदपी, भाडा समायोजन भने प्राधिकरणले नै गर्ने गरेको छ। यस्तै एयरलाइन्स सञ्चालकहरुले हवाई इन्धनमा अधिक नाफाँ लिइरहेकोले सरकारको तर्फबाट मूल्य घटाए भाडा घटाउन तयार रहेको प्रक्रिया दिएका थिए। 

एयरलाइन्स सञ्चालकहरुको गुनासोपछि प्राधिकरणले आयल निगमलाई विपतको बेला धेरै नाफाँ नलिन अनुरोध गरेको थियो। र,सोही अनुसार निगमले सोमबार राती १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो।

यस्तै निगमले पेट्रोलमा प्रतिलिटर १, डिजेल र मट्टितेलमा २ रूपैयाँका दरले मूल्य घटाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ।

Screenshot-2024-09-30-213147-1727711249.jpg

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्