साफ यू-१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपलको सामना भारतसँग

खबर बुक
  • ख-
  • ख
  • ख+

१२ असोज, काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दै छ । 

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज हुने खेल नेपाली समय अनुसार अपराहन्न १: ४५ बजेदेखि हुनेछ । 

नेपाल समुह बी मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो भने भारत समुह ए मा समुह विजेता बनेर सेमिफाइनल खेल्दै छ ।

नेपाल समुह चरणमा पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको थियो भने श्रीलंकालाई ४-० र भुटानलाई २-१ ले पराजित गरेको थियो ।

त्यसैगरी समुह ए मा भारतले बंगलादेशलाई १-० र माल्दिभ्सलाई ३-० ले पराजित गर्दै समुह विजेता बनेको थियो ।

आजै दोस्रो सेमिफाइनल साँझ ५: ४५ बजेदेखि  पाकिस्तान र बंगलादेशबीच हुदै छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्