१० असोज, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)को अन्तर्राष्ट्रिय उडानका टिकट अब काठमाडौं उपत्यका बाहिरका चार सहरबाट किन्न सकिने भएको छ।
हाल काठमाडौं बाहिर भैरहवामा मात्र यो सुविधा रहेकोमा अब विराटनगर, पोखरा र नेपालगञ्जस्थित निगमको कार्यालय पनि टिकट किन्न सकिने व्यवस्था गरिएको निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले निर्देशन दिएका छन्।
अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइनबाट समेत किन्न सकिन्छ। त्यसबाहेक स्थानीयले आफू रहेकै स्थानबाट टिकट किन्न सहज होस् भनी ती सहरमा सेवा विस्तार गरिएको उनले जनाएका छन्। स्थानीय ठाउँबाट समेत सेवा दिँदा सेवाग्राही थप लाभान्वित हुने उनको भनाइ छ।











