लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

खबर बुक
  • ख-
  • ख
  • ख+

१० असोज, काठमाडौं ।बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार सातौं जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको १९औं मिनेटमा रोबेर्ट लेवानडोस्कीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बार्सिलोनाको ला लिगामा ७ खेलमा २१ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । ७ खेल सकिदा रियल म्याड्रिड १७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी गेटाफेको भने ७ खेलमा यो तेस्रो हार हो । गेटाफे ७ खेलमा ४ अंकसहित १९औं स्थानमा रहेको छ ।
  
   

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्