जारी एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको सहज जित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, असोज ८ । राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा चन्द्रा भण्डारीले खेलको ४२, ५४ र ७३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । त्यस्तै बिमला बिकले खेलको ३८ र ९० औं मिनेटमा गोल गरिन् भने अमिशा कार्कीले ६१ र ७१ औं मिनेटमा गोल गरिन् । त्यस्तै फातुमाह नाकासुम्वाले ४४ औं मिनेटमा गोल गरिन् ।

जितसंगै आमीको ८ खेलमा १९ अंक भएको छ भने समान खेल खेलेको वालिङको १२ अंक रहेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्