नेयमारको गोलमा पिएसजी विजयी

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २१ कात्तिक ।।स्टार खेलाडी नेयनारको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लोरिएन्टलाई २-१ अन्तरले पराजित गरेको छ ।

आइतबार राति भएको खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए  । ५३ औं मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरीएन्टले १-१ को बराबरी गर्‍यो ।

८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।

जितसँगै पीएसजीले १४ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा छ । लोरीएन्ट २७ अंक जोडेर पाँचौं स्थानमा  छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्