सिटी एक्सप्रेसको २०८१ सालको दशैं तिहार योजना सार्वजनिक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाैं, भदाै ३१ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना घोषणा गरेको छ । उक्त कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिति थियो। 

कम्पनीको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना दुई जनालाई सामसुङको स्मार्ट फोन,हरेक हप्ता दुई जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही ५०० रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने छन्  ।  

कम्पनीका अनुसार यो योजना आगामी असोज १ गतेदेखि मङिसर ३० गतेसम्म लागू हुनेछ । यो अवधिमा सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो योजनामा सहभागी हुन पाउने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्