बैंकहरूबाट एक खर्ब तरलता तान्दै राष्ट्र बैंक

खबर बुक
  • ख-
  • ख
  • ख+

३० भदौ, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंक आज १ खर्ब रुपैयाँ तरलता खिच्न लागेको हो।

बोलकबोल दिउँसो ३ बजेसम्म हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा यो धितोको रुपमा प्रयोग गर्न सकिने जनाइएको छ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। उपकरणमा बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सकिनेछ।

समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा प्रो राटाको आधारमा बाँडफाँड हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्