२९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले होटल व्यवसायमा हुने लागनीले ब्याजदर आफैँ निर्धारण गर्ने बताएका छन्।
शुक्रबार क्यापिटल नेपालले आयोजना गरेको होटलियर समिट–२०२४ कार्यक्रममा मिश्रले यस्तो बताएका हुन्।
उनले भने, ‘५० लाख पर्यटक आयात गर्न सकिन्छ तर त्यसका लागि नेपालमा पूर्वाधार निर्माण गरेको छैन। पर्यटक आगमन बढाउन पूर्वाधारतिर पनि ध्यान दिनुपर्छ।’











