काठमाडौं, भदाै २६ । नेपाल राष्ट्र बैंकले दसैं लक्षित नोट सटही मिति तय गरेको छ। केन्द्रीय बैंकले असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको हो।
विगतमा चाडपर्व लक्षित गरी नयाँ तथा सुकिला नोट वितरण गरिरहेको केन्द्रीय बैंकले यसपालि सुकिला नोट मात्रै सहटी गर्ने सार्वजनिक सूचना जारी गरेको छ।
राष्ट्र बैंकले सर्वसाधारणलाई मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेश कार्यालय, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही सुविधा खुला गर्नेछ। राष्ट्र बैंकले प्रतिव्यक्ति सटही सीमा भने तय गरेको छैन।











