जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाको दोश्रो जित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, भदौ २४ । राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले दोश्रो जित निकालेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै वालिङले लगातार दोश्रो जित निकालेको हो ।

वालिङलाई जित दिलाउनका लागि एकमात्र निर्णायक गोल सिसि नानटोङ्गोले खेलको ३९ औं मिनेटमा गरेकी थिइन् । जितसँगै वालिङले दुई खेलबाट ६ अंक जोडेको छ ।

संकटा भने अंकविहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्