पोखरामा २ अर्ब लगानीमा दोस्रो भाटभटेनी सुपरमार्केट, ४ सयलाई रोजगारी

खबर बुक
  • ख-
  • ख
  • ख+

२४ भदौ, काठमाडौं । २ अर्ब लगानीमा पोखरामा दोस्रो भाटभटेनी सुपरमार्केट निर्माण सुरु भएको छ। साढे १२ रोपनी क्षेत्रफलमा पोखरा महानगरपालिका–२९ स्थित तालचोकमा ६ तले भाटभटेनी सुपरपार्केटको भूमिपूजा गरिएको हो।

भाटभटेनीका चिफ अपरेटिङ अफिसर्स९सीओओ० पानु पौडेलले मुलुकको २८औं शाखाको रुपमा एक वर्षभित्र सञ्चालनमा आउने गरी सोमबार भूमिपूजा गरिएको बताए।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र पत्नी सावित्री गुरुङले भूमिपूजा गरी औपचारिक निर्माण शुभारम्भ गरेको सीओओ पौडेलको भनाइ छ।

२ वटा फिल्म हलसहित सञ्चालन हुने सुपरमार्केट २ लाख २५ हजार स्क्वायर फिटको हुनेछ। २ तले बेसमेन्ट पार्किङ हुने सो सुपरमार्केटमा फुटकोट, बच्चाका लागि प्ले एरियासमेत हुनेछ। सुपरमार्केटमा प्रत्यक्ष रुपमा ४ सय बढीले रोजगारी पाउने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्