२० भदौ, काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई आफूखुशी शुल्क नलिन निर्देशन दिएको छ । साथै प्राधिकरणसँग स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न सूचनामार्फत जानकारी गराएको छ ।
आफूखुशी शुल्क निर्धारण गर्न नपाउने जानकारीसहित प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने शुल्क तथा महसुल दर दूरसञ्चार ऐन २०५३ को दफा ४२ तथा अनुमति पत्रको शर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मितिसमेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरेपछि मात्र लागू गर्नुपर्ने कानूनी व्यवस्था रहेको जनाएको छ ।











