गोलकिपर अञ्जिला युरोपियन लिगमा आवद्ध

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , भदाै १८। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा  युरोपियन लिग खेल्ने भएकी छन् ।

सुब्बाले ग्रीसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्न लागेकी हुन् । क्लबसँग एक वर्षको सम्झौता गरेकी छन् ।  ग्रीसको महिला सुपर लिगको नयाँ सिजन सेप्टेम्बर २९ बाट सुरु हुदै छ । उनले यसअघि भारत र पाकिस्तानमा लिग खेलेकी सकेकी छन् ।

यो सँगै युरोपमा व्यवसायिक फुटबल खेल्ने सुब्बा दोस्रो खेलाडी बनेकी छन् । राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा गत बर्षदेखि फ्रान्सको शीर्ष डिभिजनको क्लब ग्वेङगाम्पबाट खेल्दैछिन् । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्