नेपाल समूह बिजेता बन्दै साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, भदौ ६ । घरेलु टोली नेपाल समूह बिजेता बन्दै साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ को गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपालकालागि समीर तामाङ र निराजन धामीले गोल गरे । बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए । खेलको १७ औं मिनेटमै नेपालले सुरुआती अग्रता लियो । नेपालका कप्तान कुशल देउवाले पेनाल्टी बक्सबाट क्लियर गरेको बललाई बंगलादेशका गोलकिपरले रोक्न खोज्दा समीर तामाङले गोल गरेका थिए ।

त्यस्तै खेलको १९ औं मिनेटमा निराजन धामीले गोल गरे । पहिलो हाफको ४२ औं मिनेटमा मिराजुल इस्लामले बंगलादेशका लागि गोल गरेका थिए । तीन अंक जोडेको बंगलादेश पनि समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । अव शुक्रबार हुने समूह बी को अन्तिम खेलबाट नेपाल र बंगलादेशको सेमिफाइनल प्रतिद्धन्दी तय हुने छ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्