आज सुनको भाउ घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, भदाैं ४ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ ।

अस्ति आइतवार तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार ६ सय रुपैयाँ भएको सुनको भाउ आज एक सय रुपैयाँले घटेर तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेकाे छ । चाँदीकाे भाउ १० रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्