१४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रियो, १६.५ प्रतिशतको वृद्धि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा कुल १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। जुन एक वर्षको अवधिमा १६.५ प्रतिशत वृद्धि भएको हो।

अघिल्लो आर्थिक वर्षमा नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुले कुल १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका थिए। अघिल्लो वर्ष रेमिट्यान्स अप्रवाह वृद्धिदर २३.२ प्रतिशत थियो।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को १२ महिनाको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गर्दै समिक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेको १० अर्ब ८६ करोड पुगेको उल्लेख गरेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १ सय ३ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १ सय ९९ जना रहेको छन्। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २ सय ७२ जना रहेको थियो।समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्