सहकारी ठगि प्रकरणमा मुछिएका दीपेश पुनसंग लियो छानविन समितिले बयान

खबर बुक
  • ख-
  • ख
  • ख+

 साउन ३२,काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगि प्रकरणमा मुछिएका दीपेश पुनसंग बयान लिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रुपन्देहीको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका पुनसंग बयान लिएको हो । सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैर कानूनी ढंगले कर्जा प्रवाह भएको थियो ।

समितिले निरन्तर रुपमा सहकारीको बचत दुरुपयोगमा संलग्नका रुपमा आरोपितहरुसंग बयान लिइरहेको छ । यसअघि केहि आरोपितलाई कारागारबाट झिकाएर समितिले बयान लिएको थियो ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानविनको तथ्यमा पुग्नका लागि सवै पक्षसंग निरन्तर छलफल र बयान लिने काम भइरहेको समिति संयोजक सूर्य थापाले बताउनुभयो । गएको जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्