सुनको भाउ स्थिर, चाँदी ५ रुपैयाँले बढ्याे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं. साउन ३१ । सुनको भाउ आज घटबढ भएको छैन ।

हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको थियो । आज पनि सुन त्यही भाउमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि अस्ति मङ्गलवार एकैदिन दुई हजार एक सय रुपैयाँले बढेर सुन अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ भने बढेकाे छ । चाँदीकाे पाँच रुपैयाँले बढेर तोलाको एक हजार सात सय ४० रुपैयाँ कायम भएकाे महासङ्घले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्