कारोबार खुलेको ५ मिनेटमै नेप्से २९२१ बिन्दुमा, ६० अंकको वृद्धि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। कारोबार खुल्नसाथ सेयर बजार २९०० बिन्दुमाथि पुगेको छ। साताको कारोबारको दोस्रो दिन सोमबार कारोबार खुलेको ५ मिनेटमै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६०.५६ अंक अर्थात् २.११ प्रतिशतले बढेर २९२१.४० बिन्दुमा पुगेको छ। 

अघिल्लो कारोबार दिन आइतबार ९४.४६ अंकले बढेर २८६०.८४ बिन्दुमा रहेको नेप्से सोमबार कारोबार खुलेको पाँच मिनेटमै बढेर २९२१.४० बिन्दुमा पुगेको हो। 

नेप्सेमा ११ बजेर ५ मिनेटसम्म ८० करोड २७ लाखको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार नेप्सेमा हालसम्मकै उच्च अर्थात् २५ अर्ब ३३ करोडको नयाँ रेकर्ड कायम भएको थियो। 

समाचार तयार पार्दासम्म कारोबारमा आएका १९५ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको स्थिर छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्