अर्थ समितिले सेबोनसँग छलफल गर्दै, नेतृत्वबिहीन नियामकसँग छलफलको के अर्थ? 

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल धितोपत्र बोर्डसँग छलफल गर्ने भएको छ। समितिले बिहीबार नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्न लागेको हो। 

तर, सेबोन अध्यक्ष रहेका रमेशकुमार हमाल २०८० पुस २० गते आफ्नो कार्यकाल सकाएर बाहिरिएदेखि बोर्ड अध्यक्षविहीन अवस्थामा छ। यो बीचमा विभिन्न व्यक्तिले बोर्डको कार्यबहाक अध्यक्षको रुपमा काम गरेपनि हाल भने अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्दै महेश बरालले कार्यवबहाक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।

कार्यबहाक अध्यक्षले जिम्मेवारी सम्हालिरहेकाले सेबोनसँग अर्थसमितिले गर्ने छलफलले खास अर्थ भने राख्ने छैन। यसो, त अध्यक्ष छनौट कार्य विवादमा परेकाले सेबोनले नयाँ नेतृत्व तत्काल पाउने सम्भावना भने छैन। 

नयाँ सरकार बन्ने तयसँगै अर्थात् असार १७ बाट सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र कारोबार बढ्दै गएपछि यसतर्फ धेरैले चासो दिन थालेका छन्। बुधबार मात्रै पनि सेबोनले विभिन्न लगानीकर्ता संगठनहरुसँग बजारको वर्तमान अवस्थाका विषयमा विभिन्न छलफलहरु गरेको थियो। 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्