गार्डियान माइक्रोको सेयर प्रत्याभूतिकर्ता एसबीआई मर्चेन्ट, साढे २२ कित्ता सर्वसाधारणलाई बिक्री हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। गार्डियान माइक्रो लाइफ इन्स्योरेन्सले प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको साधारण सेयर खरिद प्रत्याभूति सेवा नेपाल एसबीआई मर्चेन्ट बैैंकले उपलब्ध गराइने भएको छ। 

गार्डियान माइक्रो लाइफले सर्वसाधारणलाई २२ लाख ५० हजार कित्ता साधारण सेयरको प्रतिसेयर अंकित मूल्य  १०० रुपैयाँका दरले २२ करोड ५० लाख मूल्यको सेयर जारी गर्नेछ। 

कम्पनीले खरिद प्रत्याभूति सेवाका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको हो।

सम्झौतामा नेपाल एसबीआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाइफका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरे। 

एसबीआई मर्चेन्ट नेपाल एसबीआई बंैक स्वामित्वको सहायक कम्पनी हो। 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्