एकै दिन बाग्लुङमा प्रभु बैंकको चार शाखा विस्तार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । प्रभु बैंकले एकै दिन बागलुुङमा चार शाखा विस्तार गरेको छ। जिल्लाको ढोरपाटन नगरपालिका–७ बोवाङ, निसीखोला गाउपालिका–५, निसी वडिगाड गाउँपालिका–२, खरबाङ र वडिगाड गाउँपालिका–७ भिमगिठेमा गरी चार शाखा विस्तार गरेको हो।

शाखाहरूको उद्घाटन बैंकका संस्थापक अध्यक्ष देवी प्रकाश भट्टचनले गरेका हुन्। शाखा विस्तारसँगै स्थानीय ग्राहकले लाभ लिन सक्ने बैंकको विश्वास छ।

बैंकले ३१३ शाखा, २८६ एटीएम र ६९ एक्सटेन्सनमार्फत सेवा प्रदान गर्दै आएको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्