आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बडछ -अर्थमन्त्री पौडेल

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, साउन ३ । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताउनुएको छ ।

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघसंगको छलफलका क्रममा पौडेलले निराशा चिर्दे आशा जगाउने उपायको खोजी गर्दै सरकार अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताउनुभएको हो । निजि क्षेत्रको मनोबल खस्किए मुलुकको अर्थतन्त्र नै धरासयी बन्ने भएकाले यसतर्फ मन्त्रालयले बिशेष ध्यान दिने उहाले बताउनुभयो ।

उहाले अर्थतन्त्रमा देखिएको समस्याको चाङ प्रति आफु गम्भीर रहेकाले निजि क्षेत्रलाई पनि संगै लिएर अघि बढ्ने उल्लेख गर्नुभयो । आन्तरिक र बाह्य कारण देखिएको समस्यालाई समाधान गर्नका लागि स्थीर सरकार बनेको उहाको भनाइ छ ।

सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र फोटा टास्नका लागि मात्रै सरकार गठन नभएको भन्दै उहाले समस्या समाधानका लागि नै सरकारको सम्पूर्ण ध्यान केन्द्रीत गर्ने जिकिर गर्नुभयो ।

सो क्रममा नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अहिलेको अवस्थामा निजि क्षेत्रले भोग्नुपरेको समस्याका बारेमा अर्थमन्त्रीलाई अवगत गराउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्