नेप्से २४५० माथि, दुई घन्टामै ७ अर्ब बढीको कारोबार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । सेयर बजारले साढे २४०० बिन्दु पार गरेको छ। साता कारोबारको अन्तिम दिन बिहीबार १२ बजेर ४१ मिनेटमै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.८५ अंक अर्थात् ३.० प्रतिशतले बढेर २४५४.४९ बिन्दुमा पुगेको हो।

कारोबार खुलेदेखि नै उकालो लागेको नेप्से दुई घन्टा नपुग्दै उच्च वृद्धि भएर साढे २४०० को बिन्दुमा पुगेको थियो। अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से ५४.०५ अंकले बढेर २३६४.६३ को बिन्दुमा बन्द भएको थियो। यस्तै, मंगलबार पनि नेप्से ७०.१८ अंकले बढेको थियो। 

बिहीबार १२ बजेर ४१ मिनेटसम्ममा नेप्सेमा कुल ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भइसकेको छ। अघिल्लो कारोबार दिन बुधबार भने कुल १२ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो। 

समाचार तयार पार्दासम्म नेप्सेमा कारोबारमा आएकामध्ये २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ। १ कम्पनीको सेयर मूल्य भने स्थिर छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्