सबै क्षेत्रको सन्तुलित विकासमा सरकार प्रतिबद्ध छ -अर्थमन्त्री पुन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबै क्षेत्रको सन्तुलित विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री पुनले सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको बताउनुभएको हो । नेपाल सरकारले कुनै दल वा नेता वा मन्त्रीको निर्वाचन क्षेत्रका लागि मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य नभएको उहाले बताउनुभयो ।

आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीयतहबीच दोहोरोपना हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने लगाएतमा सरकार दृढ रहेको विश्वास दिलाउने मन्त्री पुनले उल्लेख गर्नुभयो । उहाले अर्थतन्त्र चलायमान गराउने, स्पष्ट कार्ययोजनासहित राजस्व सङ्कलन एवम् सघन बजार अनुगमन बढाउने र राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई समन्वयात्मक ढंगले परिचालन गर्दा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकिने बताउनुभयो ।

सांसदहरुले बजेटमाथिको छलफलका क्रममा पूँजीगत खर्च न्यून तथा खर्च गर्ने क्षमता कमजोर रहेको, सार्वजनिक ऋण, चालु खर्च र वित्तीय व्यवस्थातर्फको खर्च बढ्दै गएको लगाएतका प्रश्न गरेका थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्