नेप्सेमा सामान्य अंकको वृद्धि, ५ अर्ब बढीको कारोबार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। सेयर बजारमा सामान्य अंकको सुधार भएको छ। कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१ अंकले बढेर २०६६ं१६ को बिन्दुमा बन्द भएको हो। 

अघिल्लो कारोबार दिन आइतबार नेप्से ५.३७ अंकले घटेर २०६२.९४ को बिन्दुमा रोकिएको थियो। अघिल्लो दिनको तुलनामा सोमबार कारोबार रकम पनि बढेको छ। 

सोमबार नेप्सेमा कुल ५ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार नेप्सेमा कुल ४ अर्ब ३२ करोड बराबरको कारोबार भएको थियो।

सोमबार कारोबारमा आएकामध्ये १४२ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

सोमबार नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, बुद्धभूमि नेपाल हाइड्रोको सेयर मूल्य सर्वाधिक अर्थात् ७.०१ प्रतिशतले घटेको छ। 

सोमबार फाइनान्स समूहको सेयर मूल्य २.११ प्रीतशत र विकास बैंक समूहको सेयर मूल्य १.५६ प्रतिशतले बढेको छ। बैंकिङ समुहमा ०.२९ प्रतिशतको गिरावट आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्