एनआईसीले कर्जा ग्राहककाे ऋण भुक्तानीमा ३५ प्रतिशत ब्याज छुट दिने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । एनआईसी एशिया बैंकले हालको आर्थिक शिथिलताका कारण कर्जा ग्राहक लक्षित ऋण भुक्तानीमा ३५ प्रतिशतसम्म ब्याज छुट दिने भएको छ।

बैंकले २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिनाभित्रमा चुक्ता गरे जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा पनि छुट दिने भएको हो।

बैंकले ९१ दिनदेखि १८० दिनसम्म ऋण लिएका ग्राहकले कर्जा चुक्ता गरे १५ प्रतिशतसम्म छुट पाउने छन्। यस्तै १८१ दिनदेखि ३६५ दिनसम्मका ग्राहकले कर्जा चुक्ता गरे ब्याज रकम २५ प्रतिशत र ऋण लिएको ३६५ दिनभन्दा बढी नाघेका ग्राहकले असार मसान्तसम्म कर्जा चुक्ता गरे बैंकले ३५ प्रतिशत ब्याज छुट दिने छ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका कुनै प्रकारका कर्जामा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी लाभ लिन सक्ने बैंकले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्