भद्रकालीस्थित सेनाको पेट्रोल पम्पमा पनि सकियो इन्धन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । भद्रकालीस्थित नेपाली सेनाले रुपुमर्दिनी पेट्रोल पम्पमा पनि पेट्रोल र डिजेल अभाव भएको छ।

पेट्रोल/डिजेल अभाव भएसँगै पेट्रोलियम पदार्थ सकिएको बोर्ड झुण्ड्याइएको छ। अन्य पेट्रोल पम्पमा इन्धन नपाएपछि सेनाको पम्पमा बिहानैदेखि लाममा बसेका सर्वसाधारण लामो समय लाइनमा बसेर पेट्रोल सकिएसँगै रित्तै फर्किन बाध्य भएका छन्।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले ७ बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेपछि काठमाडौंमा अभाव देखिएको हो। समस्या समाधानका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि आह्वान गरेको छ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालक आन्दोलिन भएपछि छलफलका लागि बोलाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बताए। 

सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि काठमाडौंमा अभाव सिर्जना भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्