काठमाडौं। लक्ष्मी सनराइज बैंकको सक्रियतामा देशभर करिब ६ हजार बिरुवा रोपिएको छ।
बैंकले विश्व वातावरण दिवस २०२४ अवसर पारेर देशभरका विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानमा वृक्षारोपण गरिएको जनाएको हो।
विश्व वातावरण दिवस अवसरमा देशभर ५ हजार बिरुवा रोप्ने लक्ष्य भए पनि विभिन्न सहयोग संघसंस्थाको सक्रियताका कारण थप वृक्षारोपण गरिएको बैंकले बताएको छ।
१ देखि ८ जुनसम्म विभिन्न शाखामार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा करिब ६ हजार बिरुवा रोपिएको हो। बैंकले वातावरण दिवस अवसर पारेर प्रोजेक्ट ५के सँगै एभोइडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो।











