मदिरामा अन्तःशुल्क प्रति केस ४५७ र बियरमा ४४ रुपैयाँसम्म बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। सरकारले बजेटमार्फत बियर र मदिरामा अन्तःशुल्क बढाएको छ।अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत अन्तःशुल्क बढेसँगै बियर र मदिराको मूल्य बढेको हो।

बढेको अन्तःशुल्क अनुसार मदिरामा ७० युपी क्षमताको ३०० एमएल मदिराको अन्तःशुल्क १०१.७ रुपैयाँ बढेको छ। ५० युपी क्षमताको १८० एमएल र ५०० एमएल मदिराको अन्तःशुल्क प्रति केस ५०.८५ रुपैयाँसम्म वृद्धि भएको छ। 

एक व्यवसायीका अनुसार ४० युपी क्षमताको १८० एमएल, ३७५ एमएल र ७५० एमएल मदिराको अन्तःशुल्क प्रति केस २०३.४० रुपैयाँ बढेको छ। ३० युपी क्षमताको १८० एमएल, ३७५ एमएल र ७५० एमएल मदिराको अन्तःशुल्क प्रति केस ३७७.३१ रुपैयाँसम्म बढेको छ। २५ युपी क्षमताको १८० एमएल, ३७५ एमएल र ७५० एमएल मदिराको अन्तःशुल्क प्रति केस ४७५.६५ रुपैयाँसम्म वृद्धि भएको छ।

यस्तै बियरको हकमा प्रति केस ३३० एमएलमा अन्तःशुल्क ४४.७५ रुपैयाँ,५०० एमएलमा ३३.९० रुपैयाँ र ६५० एमएलमा ४४.०७ रुपैयाँ अन्तःशुल्क बढेको छ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्