काठमाडौं। सरकारले कोइला आयातमा हरित कर लगाएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री पुनले कोइलामा हरित कर लगाएको बताएका हुन्।
कोइलामा हरित कर लगाउँदा त्यसको सिधा असर सिमेन्टको उत्पादन लागतसँग जोडिएको छ। नेपाली सिमेन्टले भारतमा राम्रो बजार लिइरहेका बेला अर्थमन्त्री पुनले कोइलामा हरित कर लगाउँदा लागत बढ्ने र निकासी प्रभावित हुन सक्ने देखिन्छ।
अहिले कोइला आयातमा ५ प्रतिशत भन्सार लाग्छ। त्यसलाई चलाइएको छैन। हरित कर भनेर नयाँ व्यवस्था लगाइएको छ। कोइला सिमेन्टको मुख्य कच्चा पदार्थ हो।











