काठमाडौं। आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको रुपमा अगाडि बढाइने भएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन्।
अर्थमन्त्री पुनले गणतन्त्रयता अर्थतन्त्रमा अपेक्षित सुधार हुन नसकेको स्वीकार गरे। उनले लामो राजनीतिक संक्रमण, भूकम्प, कोभिड १९ लगायत कारणले अपेक्षित आर्थिक विकास हुन नसकेको उल्लेख गरे।
अर्थमन्त्री पुनले उपभोक्ता मागमा कमी आउनु, कर्जाको विस्तार न्यून हुनु, वस्तु आयातमा कमी आउनुले चालू आवमा समेत अर्थतन्त्र अपेक्षित विस्तार हुन नसकेको बजेट प्रस्तुतका कारण उल्लेख गरे।











