गण्तन्त्र स्थापनापछि १२ हजार किमि सडक कालोपत्रे, विद्युत् पहुँच ४० प्रतिशत बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । २०६५ जेठ १५ मा गण्तन्त्र स्थापना भएपछि १२ हजार किमि सडक कालोपत्रे भएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन्। मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री पुनले उक्त विवरण प्रस्तुत गरेका हुन्।  

२०६५ सालसम्म देशभरी कालोपत्रे सडक ५ हजार ४ सय किलोमिटर भएकोमा हाल १८ हजार २४१ किमि पुगेको उनले बताए। ‘६१ जिल्लामा सडक जोडिएकोमा हाल ७७ जिल्ला सदरमुकाममै सडक सञ्जाल पुगेको छ। देशभरी सबै स्तरका गरी १ लाख ५ हजार किमि सडक निर्माण भएको छ,’ उनले भने। 

त्यसतै २०६५ मा ७ सय मेगावाट विद्युत उत्पादन भएकामा हाल ३ हजार ६० मेगावाट पुगेको उनले बताए। सो विवरण ५६.१ प्रतिशत जनताको पहुँचबाट बढेर ९८ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्