काठमाडौं। नेपाल टेलिकमले जेठ १५ को गणतन्त्र दिवस अवसरमा ग्राहक लक्षित ‘रिपब्लिक डे’ अफर सार्वजनिक गरेको छ। सोमबारदेखि सुरु भएको अफर जेठ १६ सम्म लागू हुने कम्पनीले जनाएको छ।
अफरअन्तर्गत ४९ रुपैयाँ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ।
कम्पनीका अनुसार डाटा प्याकेजअन्तर्गत १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेजको लाभ ग्राहकले लिन सक्नेछन्।
अफरअन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको प्याकेजअन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ।











