बुद्धभूमि नेपाल हाइड्रोलाई शतप्रतिशत हकप्रद निष्कासन स्वीकृति

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। विद्युत् नियमन आयोगले बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ। कम्पनीलाई १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद जारी गर्न आयोगले स्वीकृति दिएको हो। 

चुक्ता पुँजी ४० करोड रहेको कम्पनीको हकप्रद सेयर जारीपछि यस्तो पुँजी ८० करोड रुपैयाँ पुग्नेछ। हकप्रद प्रस्ताव आगामी साधारणसभा र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि थप प्रक्रिया अघि बढ्नेछ।

कम्पनीले १५० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि अनुमति मागे पनि शतप्रतिशतका लागि अनुमति दिएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्