काठमाडौं। सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ। मंगलबार दिउँसो ३ बजे संसद्मा पेश हुने कार्यक्रम पारित गरेको रकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
पारित नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ। प्रवक्ता शर्माका अनुसार मन्त्रिपरिषद्को बैठकले १६औं पञ्चवर्षीय योजना पनि पारित गरेको छ।











