नेप्सेमा २४ अंकको वृद्धि, बैंक समूहमा लगानीकर्ताको आकर्षण

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.३९ अंकले बढेर १९९८.८९ को बिन्दुमा बन्द भएको हो।

अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ८.२६ अंकले बढेर १९७४.५० को बिन्दुमा बन्द भएको थियो। आइतबारको तुलनामा आज कारोबार रकम पनि बढेको छ। सोमबार नेप्सेमा कुल ३ अर्ब ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ।

अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा ३ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। सोमबार कारोबारमा आएकामध्ये १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर छ।

आइतबार नारायणी विकास बैंक, समाज लघुवित्त वित्तीय संस्था र मान्डु हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा सिर्जनशील लघुवित्त वित्तीय संस्थाको ९.९९, हिमालयन उर्जा विकास कम्पनीको ९.९८ र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७८ प्रतिशतले बढेको छ।

यस्तै, सोमबार सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यस कम्पनीको सेयर मूल्य ५.६५ प्रतिशतले घटेको छ। सोमबार विकास बैंक उपसमुहमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ। बैंक समूह ३.२१ प्रतिशतले बढ्दा इन्भेस्टमेन्ट समुहको सेयर मूल्य २.०४ प्रतिशतले बढेको छ।

newskarkhana

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्