प्रभु बैंकका ग्राहकलाई चिरायु नेसनल हस्पिटलमा छुट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बसुन्धरामा रहेको चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिमा स्वास्थ्योपचार सेवामा विशेष छुट पाउने भएका छन्।

छुटसम्बन्धी सम्झौतामा प्रभु बैंकका बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकाल र नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटका डाइरेक्टर सञ्जीव राजभण्डारीले हस्ताक्षर गरे। छुट सुविधा प्राप्त गर्न ग्राहकले प्रभु बैंकको मान्य डेबिट, क्रेडिट तथा प्रिभलेज कार्डमध्ये कुनै एउटा अस्पतालमा पेस गर्नुपर्नेछ।

सम्झौतापछि बैंकका सबै ग्राहक, कार्ड होल्डर, कर्मचारी तथा तिनका परिवारजनले चिरायु नेसनल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपिडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायत सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

हाल बैंकले ३०२ शाखा, २८५ एटीएम, ७० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्