काठमाडौं। न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको दरखास्त परेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मेघराज खड्का (रुकुमपश्चिम), संगीता खड्का (काठमाडौं), डा. मधुसुधन न्यौपाने (काठमाडौं), सोमप्रसाद डोटेल (झापा) र फणिन्द्र फुँयाल (सिन्धुली)को उम्मेदवारी परेको हो।
समितिको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख १६ गते सूचना जारी गरेको थियो। मन्त्रालयका सचिव रामकृष्ण सुवेदीका अनुसार सबैको दरखास्त स्वीकृत भएको छ।
श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न तथा त्यस्तो पारिश्रमिक रकम आवश्यकतानुसार पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिस गर्नका लागि न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरिएको हो।











