काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेको जानकारी दिएको हो।
महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ तोकिएको छ। यअसघ बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ रहेको थियो।
बुधबार प्रतितोला १ लाख ३५ हजार ७५० रुपैयाँका दरले कारोबार भएको तेजावी सुनको मूल्य बिहीबारका लागि १ लाख ३४ हजार ९५० रुपैयाँ तोकिएको छ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँका दरले बढेको छ। बुधबार १ हजार ६७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदी बिहीबारका लागि १ हजार ६८५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।











