काठमाडौं। नेपाली बजारमा मंगलबारका लागि अमेरिकी डलरको सटही दर बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रा विनिमय दरअनुसार सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको मूल्य बढेको हो।
मंगलबार अमेरिकी डलर १ को नेपाली खरिद १३३ रुपैयाँ २६ पैसा तथा बिक्री १३३ रुपैयाँ ८६ पैसा तोकिएको छ। आइतबार अमेरिकी डलरको खरिद १३३ रुपैयाँ ५ पैसा तथा बिक्री १३३ रुपैयाँ ६५ पैसा रहेको थियो।
मंगलबारका लागि युरो १ को नेपाली खरिद १४२ रुपैयाँ ९० पैसा तथा बिक्री १४३ रुपैयाँ ५४ पैसा निर्धारण थरिएको छ। त्यस्तै पाउन्ड स्टर्लिङ १ को नेपाली खरिद मंगलबारका लागि १६७ रुपैयाँ ८ पैसा तथा बिक्री १६७ रुपैयाँ ८३ पैसा कायम गरिएको छ।











