नेपाल-कतारबीच ६ वटा विषयमा समझदारीपत्रमा हस्ताक्षर

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। नेपाल र कतारबीच ६ वटा विषयमा समझदारी भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र कतारी अमिर शेख तमिम विन हमाद अल थानी नेतृत्वको प्रतिनिधिमण्डलबीचकाे वार्तामा द्विपक्षीय लगानी र सहकार्यका लागि ६ वटा क्षेत्रमा समझदारी भएको हो।

दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालयअन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको छ। दुई देशबीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी,  कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ।

यस्तै, कतार चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुई वटा सम्झौता भएका छन् ।

सहमतिपत्रमा नेपालका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गरेका छन्। कतारी राजा  अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा भएका विभिन्न विषयमा सहमति भएकाे हाे। यसअघि कतारी अमिर र प्रधानमन्त्रीबीच साेल्टी हाेटलमा वान टू वान वार्ता भएकाे  थियाे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्