काठमाडौं, ३० चैत । केबलकार सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।
आर्थिक वर्ष ०७८/७९ मा पर्यटन क्षेत्रबाट नेपाल उघोग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभा तथा उघोग वाणिज्य दिवस ०८० को अवसरमा मनकामना दर्शन प्रालि सम्मानित भएको हो ।
प्रधानमन्त्रीले कम्पनीकी सेल्स तथा मार्केटिङ डाइरेक्टर यशु श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेका हुन् ।
गत वर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबलकार सेवा सञ्चालन गरिरहेको छ ।











